काठमाडौं । असार १ गतेदेखि सरकारले लकडाउनेको मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको छ । बुधबारको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै लकडाउनको नयाँ मोडालिटि लागू हुने सरकारका प्रवक्ता तथा अर्थ, सूचना तथा सञ्चारमन्त्री युवराज खतिवडाले जानकारी दिए ।
असार १ गतेदेखि सरकारी कार्यालय दुई सिफ्टमा सञ्चालन गरिने, नीजि सवारी साधन सञ्चालन गरिने जस्ता निर्णय सरकारले गरेको छ । काठमाडौं उपत्यकाको हकमा काठमाडौं उपत्यकाभित्र र अन्य जिल्लाको हकमा सम्बन्धित जिल्लाभित्र मात्र जोर बिजोर प्रणालीमा निजी सवारीमात्र सञ्चालन गर्न दिने निर्णय गरेको छ
यस्तै, सरकारले शैक्षिक संस्थाहरू, अनुमतिप्राप्त बाहेकका अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानहरू, तोकिएबाहेकका अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवतजावत, सबै प्रकारका सभा, गोष्ठी, तालीम, सेमिनार, सबै प्रकारका प्रदर्शन, भेला तथा सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबारलगायतका मनोरञ्जन स्थल, सार्वजनिक पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना, स्पा, सैलुन तथा ब्युटी पार्लर, स्विमिङ पुल, जिमखानालगायत हेल्थ क्लब, सपिङ मल, समूहमा खेलिने खेलकुद र खेलमैदानमा हुने प्रस्तुति, सबै प्रकारका धार्मिक तथा सामाजिक स्थल, यात्रुबाहक सार्वजनिक सबारी साधन (पर्यटक सवारी साधनसमेत) सञ्चालन गर्न नपाउने सरकारको निर्णय छ ।
हेर्नुहोस् पूर्णपाठ :-





प्रतिक्रिया