देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गण्डकी प्रदेशमा ३७ जना कोरोना सङ्क्रमित थपिए

देशान्तर

गण्डकी प्रदेशमा ३७ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणमा ३७ जनामा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै गण्डकीमा सङ्क्रमितको संख्या १८८ पुगेको छ ।

नयाँ थपिनेमा सबैभन्दा धेरै स्याङ्जाका २२ जना रहेका छन् । पर्वतका १३ जना तनहुँका १ जना र नवलपरासी पूर्वका १ जना रहेका छन् ।

स्याङजाका ३ र ४ वर्षका बालकमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । याेसँगै स्याङजामा कोरोना सङ्क्रमितको संख्या ६० पुगेको छ ।

नयाँ सङ्क्रमित सबैलाइ आइसोलेसनमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोदविन्दु शर्माले जानकारी दिए ।

गण्डकीका १८८ जना सङ्क्रमित मध्ये १० जना निको भएका छन् भने १ जनाको मृत्यु भएकाे छ ।