देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भक्तपुरबाट बगेका चालककाे शब ललितपुरमा भेटियो

देशान्तर

भक्तपुर नगरपालिका–१ चुनदेवीमा अरनिको राजमार्गको सर्भिस ट्र्याकमा पानी जान बनाएको ढलमा पानीको बेगले हानेर ढलभित्र छिरेका ट्रक चालकको शव ललितपुरमा भेटिएको छ ।

बिहीबार वाग्मती गाउँपालिका–१ भुजेल भन्ने ठाउँमा शव देखेपछि प्रहरीलाई खबर गरी पहिचान गर्दा सिन्धुली रानीचुरी स्थायी घर भई हाल हेटौँडा नगरपालिका–९ बस्ने ५७ वर्षीय चालक नरबहादुर राउतको शव भेटिएको हो ।

ढलबाट छिरेदेखि नै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले हनुमन्तेखोला हुँदै ललितपुर र काठमाडौँको नदीमा खोजीकार्य जारी राखेका थिए ।

बिहीबार स्थानीयवासीले शव देखेपछि प्रहरीले मृतकको आफन्तमार्फत शवको पहिचान गरी शव परीक्षणका लागि अस्पताल पठाएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।