सप्तरीमा कोरोना संक्रमित दुई सुरक्षाकर्मी,एक महिला सहित १७ जना निको भएर घर फर्केका छन् ।
दुई सातादेखि राजबिराजस्थित साईकृष्णा मेडिकल को अस्थायी आईसोलेशनमा रहेकाहरु कोरोनामुक्त भएका हुन ।
उनीहरुलाई गजेन्द्रनारायण सिंह अस्पताल का मेडिकल सुपरिटेन्डेन्ट चुमनलाल दास लगायतले पुष्पगुच्छा सहित बिदाई गरेका छन् ।
सप्तरीमा हालसम्म १ सय २१ जनामा संक्रमण पुष्टि भएको छ । घर फर्कनेको संख्या २१ पुगेको छ ।





प्रतिक्रिया