देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गण्डकीमा थप ४ जनामा काेराेना संक्रमण पुष्टि

देशान्तर

पोखरा । गण्डकीमा शुक्रबार थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज बिहानमात्रै ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो त्यस्तै,  प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गर्दै नवलपुरमा ४ जना संक्रमित थपिएको जनाएको छ ।

संक्रमण पुष्टि हुनेमा १८, ३२, ५८ र ५९ का ४ जना पुरुष छन् । संक्रमितलाई रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसन कक्षमा राखिएको छ। मनाङ र मुस्ताङबाहेक बाँकी सबै ९ जिल्लामा कोरोना संक्रमित थपिएका छन् ।

अहिलेसम्म गण्डकीमा ११ जना संक्रमित निको भएर घर फर्किएका छन् । संक्रमितमध्ये स्याङ्जाका १ जनाको मृत्यु भएको छ । त्यस्तै, संक्रमितको संख्या १९२ पुगेको छ ।