काठमाडौँ । सप्तरीमा आज एक स्वास्थ्यकर्मीसहित १७ जना कोरोना संक्रमित थपिएका छन् । सप्तरीमा १७ जना बिहीबार साँझ कोरोना संक्रमणमुक्त भएसँगै आज १७ जना नै थप भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
जसमा एक जना हनुमाननगर कंकालिनी नगरपालिका स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट रहेका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा हनुमाननगर कंकालिनी नगरपालिकामा स्वास्थ्यकर्मीसहित १५ जना र बोदे बर्साइन नगरपालिका र महादेवा गाउँपालिकाका १–१ जना गरी १७ जना थप भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको हो ।





प्रतिक्रिया