देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

रक्तदान गरेर विज्ञापन संघले मनायो बार्षिकोत्सव

देशान्तर

काठमाडौं । नेपाल विज्ञापन संघ (आन)ले शुक्रबार ३०औँ वार्षिकोत्सव मनाएको छ । आनले आफ्नो वार्षिकोत्सवको उपलक्ष्यमा नेपाल मेडिसिटी अस्पतालसँगको सहकार्यमा सचिवालय परिसर शान्तिनगरमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रममा काठमाडौँ महानगरपालिका वडा नं ३१ का वडा अध्यक्ष नारायण प्रसाद भण्डारीले रक्तदान कार्यक्रमको सफलताको कामना गर्दे कार्यक्रमको उद्घाटन गरेका थिए ।

उनले आनले कोविड–१९ का कारण असहज परिस्थितिका बिच पनि रक्तदान जस्तो महत्वपूर्ण कार्यक्रमको आयोजना गरी आफ्नो सामाजिक दायित्व पूरा गरेकोमासंघको प्रशंशा गरेका थिए ।साथै योगिक समाज नेपालका अध्यक्ष पुरुषोत्तम अधिकारीले पनि योग ध्यान र खानपानमा ध्यान पु¥याउनसके कोविड–१९बाट जोगिनका लागि सहज हुने बताए । कार्यक्रममा आलोक नगर समाजका अध्यक्षको पनि सहभागिता रहेको थियो । आनका अध्यक्ष रबिन्द्र कुमार रिजालले कोविड १९ को विच पनि जनहितका यस्ता कार्यक्रम गर्न पाउँदा आफूलाई खुशी लागेको बताए ।

कार्यक्रममा आनका वर्तमान पदाधिकारी तथा सदस्य र एड क्लव अफ नेपालका पदाधिकारी एवं विज्ञापन व्यवसायसँग सम्बन्धित विभिन्न साझेदारहरूको पनि उपस्थिति थियो ।

कार्यक्रमको सहजीकरण महासचिव राजु कुइकेलले गरेका थिए बार्षिकउत्सबको अबसरमा गरिएको रक्तदान कार्यक्रममा ३० पिन्ट रगत संकलन भएको कार्यक्रम संयोजक पिताम्बर पोखरेल ‘विजय’ले जानकारी दिए ।