देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कोरोना संक्रमणको दोस्रो लहर देखिन थाल्यो : विश्व स्वास्थ्य

देशान्तर

काठमाडौं । विश्वका केही देशमा कोरोना महामारीको दोस्रो लहर देखापर्न थालेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले बताएकाे छ। सुरुमा लकडाउन, सामाजिक दूरीलगायत प्रतिबन्ध लगाइएका देशमा कोरोना केही नियन्त्रण हुनेबित्तिकै सावधानीमा लापरबाही गर्दै गएकाले दोस्रो लहरका रूपमा संक्रमण पुनः देखिन थालेको डब्लूएचओले भनेको छ ।

‘विश्वका धेरै देश अहिले पनि कोरोना महामारीको पहिलो लहरमै छन्। युरोप, दक्षिण पूर्व एसिया, उत्तर अमेरिकाका केही देशमा कोरोना संक्रमण उच्च बिन्दुमा पुगेको छ। केही देशले कोरोनाबाट बढ्दो संक्रमण तथा मृत्यु रोक्न लकडाउन लागू गरेका छन्।’ डब्लूएचओका कार्यकारी निर्देशक डा. माइकल रायनले भने ।

रायनका अनुसार अहिले केही देशमा संक्रमणका घटना पुनः देखा पर्न थालेका छन्, जुन संक्रमणको दोस्रो लहर हुन सक्छ। अर्को शब्दमा, त्यहाँ यो रोग पूर्ण रूपमा समाप्त भएको छैन, भाइरस केही समयका लागि मत्थर भएको थियो, तर अब यसले फेरि आफ्नो खुट्टा उचाल्दै छ।