देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सरकारविरुद्धको प्रदर्शनमा अमेरिकी र चिनियाँसहित पाँचजना विदेशीहरु पक्राउ

देशान्तर

काठमाडौँ – सरकारविरुद्ध काठमाडौँमा भइरहेको प्रदर्शनमा सहभागी पाँचजना विदेशीसहित आठजना पक्राउ परेका छन् ।

प्लेकार्डसहित प्रदर्शनमा उत्रेका चिनियाँ, अमेरिकी, अष्ट्रेलियन, क्यानडियन र नर्वेजियन गरी पाँचजना विदेशी पक्राउ परेको प्रहरीले जनाएको छ । उनीहरु सबै प्ले कार्डसहित प्रदर्शनमा उत्रको बेला नियन्त्रणमा लिइएको प्रहरीको दाबी छ ।

यस्तै तीनजना नेपाली नागरिकलाई पनि प्रदर्शनस्थलबाट पक्राउ गरेको छ । कोरोना महामारी नियन्त्रणमा सरकारको काम प्रभावकारी नभएको भन्दै विरोध प्रदर्शन भइरहेको हो ।

शनिबारको प्रदर्शनमा सहभागीहरुले लिम्पियाधुरासहितको नेपालको नयाँ नक्साको स्वागत लेखिएका प्ले कार्ड पनि बोकेका छन् । उनीहरुले नयाँ नक्साको समर्थन गरेका हुन् ।