काठमाडौँ । समाजवादी पार्टीको संसदीय दलको बैठकले आफ्नो दलकी सांसद सरिता गिरीलाई संविधान संशोधन विधेयकमाथि राखेको संशोधन प्रस्ताव फिर्ता लिन फेरि निर्देशन दिएको छ ।
संसद भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकले सरकारले ल्याएको विधेयकको पक्षमा मतदान गर्न ह्वीप जारी गर्दै गिरीलाई संशोधन फिर्ता लिन निर्देशन दिएको हो । तर, समाजवादीका अनुसार गिरी भने संसदीय दलको बैठकबाट बाहिरिएकी छन् ।
दलले ह्वीप जारी गरेर संशोधन फिर्ता गर्न निर्देशन दिएलगत्तै ’म सोच्छु’ भनेर बाहिरिएको सांसद प्रदीप यादवले जानकारी दिनुभयो । सांसद गिरीले सरकारको विधेयक गलत भन्दै संशोधन प्रस्ताव दर्ता गरेकी थिइन् ।





प्रतिक्रिया