देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सरिता गिरीले पेश गरेको संशोधन सूचना अस्वीकृत

देशान्तर

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सांसद सरिता गिरीद्वारा दर्ता गरिएको संविधान संशोधन विधेयकमाथिको संशोधनको सूचना अस्वीकृत भएको जनाएका छन् ।

प्रतिनिधिसभाको शनिबार बसेको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले पेश गरेको नेपालको संविधान ९दोस्रो संशोधन० विधेयक २०७७ माथिको दफावार छलफल सदनमा गरियोस् भनी प्रस्ताव सर्वसम्मतिले पारित गरेसँगै दफावार छलफल सुरु गरिएको छ ।

दफावार छलफल सुरु हुनासाथ सांसद गिरी आफ्नो स्थानबाट उठेर सभाको ध्यानाकर्षण गराएपछि सभामुख सापकोटाले सांसद गिरीद्वारा पेश भएको संशोधन सूचना अस्वीकृत भएको जानकारी दिएका हुन् ।