काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा २५८ जना सांसद उपस्थित भएर नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ को पक्षमा मतदान गरेका छन् । संबिधान संशोधन विधेयक दुई तिहाई भन्दा बढी मतले पारित भएको छ ।
अब यो विधेयक राष्ट्रिय सभामा जाने छ भने प्रतिनिधि सभाको जस्तै प्रक्रिया पुरा गरेपछि प्रमाणीकरण भएपछि संबिधानको अंग बन्ने छ । कुल २७५ सदस्य रहेको प्रतिनिधि सभाको आजको महत्वपूर्ण बैठकमा १६ जना सांसद अनुपस्थित रहेका छन् ।
आजको बैठकमा अनुपस्थित रहने सांसदहरुमा अमृता देवी अग्रहरी, गोपाल बहादुर बम, दुलारी देवी खत्वेनी, धन बहादुर बुढा, नगेन्द्र कुमार चौधरी, प्रमोद शाह, शिवकुमार मण्डल, सरिता गिरी, सूर्यनारायण यादव, सुर्य बहादुर केसी, हरिबोल गजुरेल र ज्ञानकुमारी छन्त्याल रहेका छन् ।
त्यस्तै तीन जना सांसद सांसद मोहमद अफताब आलम, विजय गच्छदार, हरिनारायण रौनियार र रेशम चौधरीको सांसद पद निलम्बनमा रहेका छन् । त्यसै गरि सभामुखले निर्णायक मत दिन आवश्यक परे मात्र मत दिन पाउने नियम रहेकाले आजको मतदानमा भग लिएका छैनन् ।





प्रतिक्रिया