देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेकपाको सचिवालय बैठक बस्दै

देशान्तर

सत्तारुढ दल नेकपाको सचिवालयको बैठक आज बस्दै छ । अमेरिकी अनुदान सहायता प्रस्ताव एमसीसीबारे छलफल गर्न अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको हो ।

नेकपाले गत २७ गते पनि सचिवालय बैठक बोलाएको थियो । एमसीसीबारे छलफल गर्ने एजेण्डा तय भए पनि अन्तिम समयमा नेताहरुको कार्यव्यस्थताको कारण भन्दै बैठक स्थगित भएको थियो ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले संसदमा संविधान संशोधन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेकाले बैठक स्थगित भएको जनाए पनि अर्का अध्यक्ष पुष्पकमल दाहाल भने आफूसँग परामर्श नै नगरी बैठक स्थगित भएको भन्दै रुष्ट भएको बताइएको थियो ।

आफूहरुसँग छलफल नै नगरी बैठक स्थगित गरेपछि सोही साँझ दाहाल निवास खुमलटारमा वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतमलगायतका नेताले छलफल गरेका थिए ।

परियोजना लागू गर्ने समय सकिनै लाग्दा पनि सरकारले एमसीसी संसदबाट अनुमोदन गर्न सकेको छैन । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले यसअघि नै एमसीसी विना शर्त अनुमोदन गर्न सरकारको ध्यानाकर्षण गराए पनि नेकपाभित्रै चर्को विवाद भएपछि एमसीसी अन्योलमा परेको छ ।