देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

संविधान संशोधन विधेयक राष्ट्रिय सभामा पेश हुँदै

देशान्तर

काठमाडौं । प्रतिनिधिसभाबाट सर्वसम्मतबाट पारित भएको संविधान संशोधन विधेयक राष्ट्रिय सभामा पेश हुँदैछ।

आज बस्ने बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधिसभाबाट पारित ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ लाई सभामा टेबुल गर्ने कार्चसूची संसद सचिवालयले बनाएको छ।

विधेयकमाथि सैद्धान्तिक छलफल हुनेछ। छलफलपछि संशोधनका लागि ७२ घण्टाको समय दिइनेछ। उक्त समय सकिएपछि राष्ट्रिय सभा विधेयक पारित गर्नेछ। राष्ट्रिय सभाबाट पनि विधेयक बहुमतले पारित गर्नुपर्ने हुन्छ।