देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिका अध्यक्ष शर्माको दुर्घटनामा परी मृत्यु

देशान्तर

नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्मा सवार कार दुर्घटनामा परेको छ। दुर्घटनामा परी गाउँपालिका अध्यक्ष शर्माको मृत्यु भएको छ। गाउँपालिकाबाट सदरमुकाम परासी जाने क्रममा करिब ११ बजेतिर उनी सवार गाउँपालिकाको लु १ झ ३७० नम्बरको स्कारर्पियो बर्दघाटमा दुर्घटनामा परेको थियो।

दुर्घटनामा घाईते भएका शर्मालाई उपचारका लागि चिसापानी अस्पतालमा लगिएको उपचारमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी उपरीक्षक अजय केशीले बताए। शर्मासँगै कारमा सवार प्रतापपुर गाउँपालिका वडा नम्बर ५ का हरिलाल राजभर घाइते भएका छन्। उनी खतरामुक्त रहेको बताइएको छ।

कार बर्दघाटको लक्ष्मीनगर पुलदेखि तल खोलामा खसेको हो। अध्यक्ष शर्मा जिल्लामा विपद व्‍यवस्थापन समितिको बैठकमा सहभागिता जनाउन परासीतर्फ गइरहेका थिए।