देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सरकारले लकडाउनको मोडालिटी परिर्वतन गरेपछि उपत्यका प्रवेशमा अझै कडाइ

देशान्तर

काठमाडौं । सरकारले काठमाडौं उपत्यका प्रवेशका लागि यहाँको नगरपालिकाको अनुमति चाहिने निर्णय गरेको छ ।

आइतबार गृह मन्त्रालयमा बसेको बैठकले काठमाडौं उपत्यका बाहिर रहेकाहरु फर्किनका लागि  आफू बसोबास गरिरहेकाे नगरपालिकाको अनुमति चाहिने व्यवस्था गरेको हो ।

गृहको निर्णयअनुसार नगरपालिकाले प्रवेशका लागि अनुमति दिएपछि व्यक्तिले उक्त अनुमतिपत्रसहित आफू रहेको जिल्लाको प्रशासन कार्यालयमा सवारी पासकालागि निवेदन दिनुपर्नेछ । त्यसपछि जिल्ला प्रशानसन कार्यालयले संक्रमण जोखिम विश्लेषण, यात्रा औचित्यतालाई पुष्टि गर्ने कागजातसमेत विचार गरी पास दिन सक्ने गृहको निर्णय छ ।

त्यस्तै काठमाडौं उपत्यकाबाहिर जान चाहनेले काम खुल्ने कागजात पेश गरेमा तुरुन्तै सवारी पास दिने पनि गृह मन्त्रालले निर्णय गरेको छ ।