देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

संविधान संशोधन विधेयक राष्ट्रिय सभामा टेबल

देशान्तर

काठमाडौँ । संविधान संशोधन विधेयक राष्ट्रिय सभामा टेबल गरिएको छ। राष्ट्रिय सभा सचिव राजेन्द्र फुँयालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त संविधान संशोधन विधेयक आइतबार टेबल गरेका हुन्।

शनिबार प्रतिनिधिसभाले संविधान संशोधन विधेयक पारित गरेको थियो। लिम्पियाधुरा, कालापानी र लिपुलेक समावेश गरिएको नक्सा संविधानको निशान छापमा राख्न संविधान संशोधन गर्न लागिएको हो। आजै राष्ट्रियसभामा कानून मन्त्री शिवमाया तुम्वाहाङ्फेले संविधान संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी छन्।

अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त प्रस्तावमाथि सैद्धान्तिक छलफल गर्न राष्ट्रिय सभा सदस्यलाई समय दिएका छन्। आज केही सदस्यहरूले आफ्नो धारणा राखेका छन्।