देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

तनहुँकाे घिरिङमा ५ जनामा काेराेना पुष्टि

देशान्तर

तनहुँको घिरिङ गाउँपालिकाका ५ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।

घिरिङ गाउँपालिका एकै क्वारेन्टाइनमा बसेका पाँच जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

उनीहरु सबैलाई शुक्लागण्डकी नगरपालिकको जिपी कोइराला स्वासप्रश्वास केन्द्रमा ल्याइएको प्रदेश निर्देशक डा.विनोद विन्दु शर्माले जानकारी दिए ।

गण्डकी प्रदेशमा संक्रमितको संख्या २ सय ४ पुगेको छ । प्रदेशका ९ जिल्लामा कोरोना संक्रमण देखिएकोमा १ जनाको मृत्यु भएको छ ।