पर्वतको कुश्मा नगरपालिका–३, दुर्लुङमा पहिरो जाँदा मृत्यु हुनेको संख्या ९ पुगेको छ । अझै एक जना बेपत्ता छन् ।
जिल्ला प्रहरी कार्यालय, पर्वतका अनुसार मृत्यु हुनेमा स्थानीय ५८ वर्षीय तुलबहादुर थापा, ५२ वर्षीय मिनकुमारी थापा, विविशा थापा, बाग्लुङ जैमुनी–९ घर भइ माइती आएकी ३० वर्षीय डिरपा थापा, १७ वर्षीय विवेक थापा, १४ वर्षीय सम्राट थापा, कुश्मा–३ का २६ वर्षीय कमला विक, प्रमिश विक र ७ वर्षीया प्रमिशा विक छन् ।
थप एक जनाको खोजी कार्य भइरहेको पर्वतका प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले जानकारी दिनुभयो । १३ वर्षीय जेनिश विक अझैसम्म भेटिएका छैनन् । खोजीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालित भएको सुवेदीले जानकारी दिए ।
शनिबार अविरल परेको वर्षाका कारण पहिरो खस्दा १० जना पुरिएका थिए ।





प्रतिक्रिया