देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपालमा कोरोना संक्रमितको संख्या ६,२११ पुग्यो,आज ४५१ जना संक्रमित थपिए

देशान्तर

 

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार २११ पुगेको छ । आज ४५१ जना थपिएका छन् । आइतबार ४२५ जना संक्रमित थपिएका थिए ।

शनिबार पनि २७३ जना थपिएका थिए । शुक्रबार ४ सय ४८ जना थपिएका थिए भने बिहिबार २ सय ५० जना नयाँ संक्रमित थपिएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौत्तमले यसको जानकारी दिएका हुन् ।

यस्तै उपचारपछि निको हुनेको संख्या १ हजार ४१ जना पुगेको छ । आज ६७ जना निको भएका छन् । आइतबार ६१ जना निको भएका थिए । शनिबार ३६ जना निको भएका थिए । विहिबार १८७ जना निको भएका थिए भने शुक्रबार १६ जना निको भएका थिए ।

मृतकहरुको संख्या १९ जना रहेको छ भने कूल संक्रमित जिल्ला ७३ पुगेको छ ।