देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सेती प्रादेशिक अस्पतालकी स्टाफ नर्समा कोरोना संक्रमण

देशान्तर

धनगढी । सेती प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा कार्यरत एक जना स्टाफ नर्सलाई कोरोना भाइरसको संक्रमण भएको छ । धनगढी उप–महानगरपालिकाकी २८ वर्षीय स्टाफ नर्समा कोरोना पुष्टि भएको हो । सुदूरपश्चिममा सोमबार ६८ जनामा कोरोना पुष्टि भएको थियो ।

कोरोना पुष्टि भएककामध्ये २८ वर्षीय स्टाफ नर्समासमेत संक्रमण देखिएको भएको अस्पतालले जनाएको छ । अहिले उनको आइसोलेसनमा राखेर उपचार भइरहेको छ । उनको सम्पर्कमा आएका अन्य स्वास्थ्यकर्मीको समेत कोरोना  परीक्षण गर्ने तयारी हुँदैछ ।