काठमाडौं । नेपाली कांग्रेसले क्वारेन्टाइनको बेथितिमा सरकारको अयोग्यताको अनुहार देखिएको आरोप लगाएको छ।क्वारेन्टाइनमा बलात्कार हुनुमा सरकारको व्यवस्थापकीय कमजोरी भएको कांग्रेसले जनाएको छ।
कैलालीमा क्वारेन्टाइनमै रहेको समयमा महिलामाथि भएको बलात्कार जस्ता घटनालाई चरम बेथिति सरकारकै कारण सिर्जित भएको जनाउँदै आफ्नो अनुहार हेर्न कांग्रेसले सरकारलाई सुझाव दिएको छ।
प्रवक्ता विश्वप्रकाश शर्माले माग गर्दै विज्ञप्ति मार्फत भनेका छन्,‘मापदण्ड विपरीतका अव्यवस्थित क्वारेन्टाइनहरु कोरोना संक्रमण विस्तारको केन्द्र बन्दै गएका छन्।’ अव्यवस्थाका कारण नै क्वारेन्टाइनबाट नागरिक भाग्ने अवस्था आएको जनाइएको छ। कैलाली घटनाले कम्युनिस्ट सरकारको शासकीय क्षमताको अनुहारमा कालो पोतिएको कांग्रेसको आरोप छ।
शर्माले सरकारलाई प्रश्न गरे,‘हामीसँग ३ तहका सरकार छन् तर क्वारेन्टाइनमा एउटा चेलिको रक्षा गर्न असमर्थ बन्छन् भने यो भन्दा लज्जास्पद घटना अर्को के हुनसक्छरु’





प्रतिक्रिया