काठमाडाैँ । कोरोनाभाइरस महामारी रोकथाम तथा नियन्त्रणमा गम्भीर भएर प्रभावकारी काम गर्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाएको छ। कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणको नेतृत्वमा गएको संसदीय दलका प्रतिनिधिमण्डलले मंगलबार प्रधानमन्त्री ओलीलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएका हुन्।
सरकारले पिसिआर विधिबाट कोरोना परीक्षणको दायरा वृद्धि नगरेको कांग्रेसले बताउँदै आएको छ। प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउन कांग्रेस सांसदहरू भीमसेनदास प्रधान, राजन केसी, गगन थापालगायत बालुवाटार पुगेका थिए।
हालै बसेको कांग्रेस केन्द्रीय समिति बैठकले कोरोना नियन्त्रणमा सरकार असफल भएको निष्कर्ष निकालेको थियो। कोरोनाका असर तथा सरकारी कामकाजबारे अनुगमन गर्न सहमहामन्त्री प्रकाशशरण महतको नेतृत्वमा अनुगमन समिति बनाएको थियो भने स्वदेशदेखि विदेशबाट प्रधानमन्त्रीलाई ध्यानाकर्षण बुझाउने निर्णय गरेको थियो।





प्रतिक्रिया