देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

‘रुकुम अपराध छर्लङ्ग छ, तर हामी कसलाई बचाउन लागिरेका छौँ’

देशान्तर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद भैरवसुन्दर श्रेष्ठले सोमबार जाजरकोट जिल्ला प्रशासन अगाडि धर्ना बसिरहेकामाथि अनावश्यक लाठीचार्र्ज, अश्रु ग्यास प्रहार गर्ने, अनावश्यक गोली चलाउने र चलाउन आदेश दिनेमाथि कारवाही गर्नुपर्ने माग गरे ।

राष्ट्रियसभाको मंगलबाको बैठकमा सांसद श्रेष्ठले समय माग गरी सोमबार जाजरकोट जिल्ला प्रशासन कार्यालय अगाडि न्यायको पक्षमा प्रदर्शन गर्दैगर्दा प्रहरीले अनाश्यक रुपमा हवाई फाएर गरेको छ, गोली चलाउने आदेश कस्ले दियो भन्ने प्रश्न गरे ।

उनले भने, “रुकुममा यत्रो अपराध भएको छ, सरकारले छानबिन समिति बनाएको छ, ससदीय छानबिन समितिले काम थालेको छ, अदालतमा मुद्दा परिसकेको छ, तर हामी कसलाई बचाउन लागिरहेका छौँ, कुन पक्षलाई बचाउन लागिएको छ, हामीलाई शङ्का छ, न्याय मर्नु हुँदैन ।”

यही जेठ १० गते रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोती निवासी सुष्मा मल्लसँग नवराज विश्वकर्माको अन्तरजातीय प्रेम सम्बन्ध भएको र विवाहका लागि साथी लिएर केटीको घरमा जादैगर्दा स्थानीयवासीले कुटपिट गरी हत्या गरिएको पीडित परिवारको दावी छ ।

मृतक नवराजको शव भेरी नदीमा भेटिएको थियो । नवराजसँगै केटीको घरमा गएका  अन्य पाँच जनाको शव पनि भेरी नदीमा भेटिएको थियो । निष्पक्ष रुपमा छानबिन गरी दोषीलाई हँदैसम्मको कानूनी कारवाही गर्न माग गर्दै दलित समुदायले देशैभरी प्रदर्शन गर्दै आएका छन् ।

उनले चिकित्सकले प्रहरीको छानबिन टोलीले मृतकको शरीरमा चोटैचोट भएको प्रतिवेदन सार्वजनिक गरिसकेको सन्दर्भमा कसैको दबाबमा चिकित्सकले भेरी नदीमा हामफालेर मृत्यु भएको भनी शव परीक्षण रिपोर्ट निकालेको आरोप लगाए ।