देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दक्षिण कोरियाद्वारा नेपाललाई ५० हजार थान पीसीआर किट प्रदान

देशान्तर

काठमाडौं । दक्षिण कोरिया सरकारले नेपाल सरकारलाई ५० हजार थान आर टि–पीसीआर किट प्रदान गरेको छ । देशभर कोरोना सङ्क्रमण फैलिरहेकोले परीक्षणको दायरा बढाउन कोरियाली सहयोग नियोग (कोहका) ले आज ६ करोड २५ लाख बराबरको ती परीक्षण उपकरण सरकारलाई हस्तान्तरण गरेको छ ।

कोहकाका तर्फबाट कोरियली राजदूतावासका कार्यबहाक राजदूत सन चिल कोनले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख स्वास्थ्य विशेषज्ञ तथा स्वास्थ्य समन्वय महाशाखा प्रमुख डा. राजन पोखरेललाई किट हस्तान्तरण गरेका हुन् ।

कोरियाले आज २५ हजार थान परीक्षण उपकरण उपलब्ध गराएको तथा बाँकी स्वास्थ्य सामग्री आगामी शनिबार प्रदान गरिने कोहकाले जनाएको छ ।