देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बार्यन म्युनिखले जित्यो बुन्डेस लिगाको उपाधि

देशान्तर

काठमाडौं । बार्यन म्युनिखले लगातार आठौं पटक बुन्डेसलिगाको लिग उपाधि जितेको छ । गएराति भएको खेलमा भरडाआ ब्रेमेनलाई १–० ले हराउँदै बार्यनले दुई खेल अगावै लिग उपाधि जितेको हो ।

खेलको ४३ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बार्यनलाई महत्वपूर्ण तीन अंक दिलाए । पोल्याण्डका फरवार्ड लेवान्डोस्कीले लिगमा ३१ औं गोल पुरा गरे ।

कुनै एक सिजनमा लिगमा धेरै गोल गर्दै विदेशी खेलाडीको कीर्तिमानी लेवान्डोस्कीले समेत बराबरी गरे । यसअघि सन् २०१६–१७ को सिजनमा आर्सनलमा रहेका फरवार्ड पियरिक ईम्रिक अबुमियाङले बोरुसिया डर्टमण्डबाट ३१ गोल गरेका थिए । लिगमा ७ अंकको अग्रता रहेको बार्यनलाई उपाधि जित्न एक खेलमा जित आवश्यक थियो । बार्यनले दुई खेल बाँकी छदै लिग उपाधि उचाल्न सफल रह्यो । बार्यनले गत सिजन समेत अन्तिम दिनमात्र लिग उपाधि उचालेको थियो ।

उसले घरेलु मैदान एलिनाज एरिनामा ७५ हजार दर्शक सामु जित सहित उपाधि उचालेको थियो । तर मंगलबार बार्यनले दर्शक बिहिन रंगशालामा लिग उपाधि आफ्नो पक्षमा पार्यो । कोरोना भाईरसको महामारीको कारण मैदानमा दर्शक उपस्थित थिएनन् ।

बार्यनले सन् २०१३ देखि बुन्डेसलिगामा लगातार जित निकाल्दै आईरहेको छ । बार्यनले तीन खेल खेल्न बाँकी रहेको दोस्रो स्थानको बोरुसिया डर्टमण्डसंग १० अंकको स्पष्ट अग्रता कायम गर्यो ।

शीर्ष स्थानको बार्यनको ७६ अंक रह्यो । दोस्रो स्थानको डर्टमण्डको ६६ अंक छ । ब्रेमन २८ अंक सहित रेलिगेशन जोनमा रहेको छ ।