काठमाडौ । सुदूरपश्चिम प्रदेशमा एक साताभित्र दुई सय ६५ जना कोरोना संक्रमित थपिएका छन् ।
यो अवधीमा प्रादेशिक प्रयोगशाला धनगढीमा एक हजार तीन सय ४३ जनाको आरटि पीसीआर परीक्षण गरिएकोमा दुई सय ६५ जना कोराना भाइरस ( कोविड–१९ ) बाट संक्रमित भएको पाइएको हो ।
सेती प्रादेशिक अस्पतालले प्रत्येक २४ घण्टामा जारी गरेको विज्ञप्तीअनुसार गत २८ जेठदेखि २ असारसम्म उक्त संख्यामा नयाँ संक्रमित थपिएका हुन् । नयाँ थपिएका संक्रमितसँगै प्रदेशमा कुल संक्रमितको संख्या तीन सय ३६ पुगेको छ ।
एक साताको अवधीमा कैलालीमा सबैभन्दा बढी ९५ जना संक्रमित थपिएका छन् । यस्तै कञ्चनपुरमा ६१, डोटीमा ३१, डडेल्धुरामा २७, बैतडीमा २१, बाजुरामा २०, अछाममा ४ र बझाङ्गमा ६ जना थपिएका छन् ।





प्रतिक्रिया