देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कुवेतबाट १५० जना महिला नेपाल आइपुगे

देशान्तर

काठमाण्डौ – कुवेतबाट १५० जना आज स्वदेश आइपुगेका छन् । कुवेतमा आममाफीमा सहभागी १५० जना महिलालाई कुवेत सरकार आफैंले काठमाण्डौसम्म ल्याइदिएको हो ।

कुवेतले जजिरा एअरमार्फत त्यहाँ आममाफीमा सहभागी भएर स्वदेश फर्कने दिन कुरिरहेका नेपालीलाई स्वदेश ल्याइदिइरहेको छ । यसअघि तीन उडानमार्फत ४४८ जना कुवेतबाट नेपाल आइसकेको छन् । कुवेतमा भिसा नवीकरण नगर्दा अवैधानिक भएका र रोजगारदाता परिवर्तन गरेर काम गर्दा अघिल्लो रोजगारदाताले जारिवाना लगाएका नेपालीलाई लाग्ने शुल्क माफ गरी निःशुल्क रुपमा आफ्नै जहाजमार्फत नेपाल ल्याइदिएको छ ।

कुवेतले गएको अप्रिल महिनाभरी नै नेपालसहित विभिन्न देशका नागरिकलाई यी दुई तरिकाले आममाफीमा सहभागी गराएको थियो। नेपालीलाई भने अप्रिल २६ देखि ३० सम्मको चार दिनको समय दिएको थियो । यो चार दिनमा आममाफीमा सहभागी झण्डै तीन हजार जनालाई कुवेतले आफ्नै जहाजमार्फत नेपाल ल्याइदिने छ ।

कुवेतले आममाफीमा सहभागी भएकालाई आफ्नै खर्चमा सेल्टरमा राखेको छ । खाद्यान्न सहित आवश्यक कुराको व्यवस्था पनि कुवेत सरकारले नै गरेको छ ।