देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गुल्मीमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि

देशान्तर

गुल्मी । आठ महिनाको शिशुसहित थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा रेसुङ्गा नगरपालिकामा ८ महिनाको शिशुसहित १० जना, इश्मा गाउँपालिकामा ९ जना, गुल्मी दरवार गाउँपालिकामा ४ जना, मालिका गाउँपालिकामा २ जना, सत्यवती गाउँपालिकामा १ जना गरि एकै दिन २६ जना संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय गु्ल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए ।

संक्रमण पुष्टि भएका सबै भारतबाट आएर क्वारेन्टिनमा बसेकाहरु हुन् । योसँगै गुल्मी जिल्लामा संक्रमितहरूको संख्या ५८ पुगेको छ । संक्रमितमध्ये ३ जना उपचारपछि घर फर्किएका छन् भने जिल्लामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भइसकेको छ ।