देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कर्णालीमा थपिए १८ जना कोरोना संक्रमित

देशान्तर

काठमाडौं। कर्णालीमा बुधबार थप  १८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महाशाखाका प्रमुख लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

प्रदेश अस्पताल सुर्खेत पशुपन्छी रोग अन्वेषणको प्रयोगशालामा चारजना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा १४ गरी १८ जनामा संक्रमण देखिएको हो ।

हालसम्म यस प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या एक हजार १०४ पुगेको  छ ।