देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

क्वारेन्टिनमा आत्महत्या गरेका पुरुषमा कोरोना पुष्टि

देशान्तर

अर्घाखाँचीको शितगंगा नगरपालिकाको क्वारेन्टिनमा आत्महत्या गरेका ४४ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । आरडीटी रिपोर्ट पोजेटिभ आएका शितगंगा–५ का देबबहादुर विकले मंगलबार राति रुखमा झुण्डिएर आत्महत्या गरेका थिए ।

विकको जेठ २४ गते आरडीटी परीक्षणमा पोजेटिभ रिपोर्ट आएपछि जेठ २५ गते पीसीआर परीक्षणका लागि उनको स्वाबको नमूना संकलन गरेर प्रादेशिक प्रयोगशाला भैरहवा पठाइएको थियो । त्यसको ११ दिनपछि उनको रिपोर्ट पोजेटिभ आएको हो । पीसीआर रिपोर्ट नआउन्जेल बुधबार दिनभर उनको शव रुखमै झुण्डिएकै अवस्थामा थियो ।

उनी भारतको पञ्जाबबाट आएर क्वारेन्टिनमा बसेका थिए । उनी भारतबाट आएको २५ दिन भएको थियो । उक्त क्वारेन्टिनमा २५ जना छन् ।

वडा अध्यक्ष कमल पौडेलले पीसीआर रिपोर्ट आएपछि साँझ ५ बजेतिर नेपाली सेनाले विकको शव वडा नम्बर ५ कै जंगलमा लगेर व्यवस्थापन गरेको जानकारी दिए ।