देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

क्वारेन्टिनमा आत्महत्या गरेका अर्घाखाँचीका पुरुषमा कोरोना संक्रमण पुष्टि

देशान्तर

काठमाडौं । अर्घाखाँचीको शितगंगा नगरपालिकाको क्वारेन्टिनमा आत्महत्या गरेका ४४ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । आरडीटी रिपोर्ट पोजेटिभ आएका शितगंगा–५ का देबबहादुर विकले मंगलबार राति रुखमा झुण्डिएर आत्महत्या गरेका थिए ।

विकको जेठ २४ गते आरडीटी परीक्षणमा पोजेटिभ रिपोर्ट आएपछि जेठ २५ गते पीसीआर परीक्षणका लागि उनको स्वाबको नमूना संकलन गरेर प्रादेशिक प्रयोगशाला भैरहवा पठाइएको थियो ।

त्यसको ११ दिनपछि उनको रिपोर्ट पोजेटिभ आएको हो । कोरोना संक्रमण पुष्टि भएपछि बुधबार साँझ नेपाली सेनाले विकको शव वडा नम्बर ५ कै जंगलमा लगेर व्यवस्थापन गरेको जानकारी दिए ।

उनी भारतको पञ्जाबबाट आएर क्वारेन्टिनमा बसेका थिए । यसअघि सुर्खेतको क्वारेन्टिनमा आत्महत्या गरेकी एक महिलामा पनि कोरोना पुष्टि भएको थियो ।