विराटनगर – मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित पूर्वाञ्चल विश्वविद्यालयको आइसोलेसन उपचार केन्द्रबाट बिहीबार ४० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। उनीहरुलाई प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरे, नगरपालिका प्रमुख शिव ढकाल लगायतले पुष्प गुच्छासहित विदा गरेका थिए। डिस्चार्ज हुनेमा सुनसरीका १६, झापाका ११, मोरङका ९ र भोजपुरका ४ जना १५ देखि ४७ वर्ष उमेरका पुरुष रहेका छन् ।
सो क्रममा मन्त्री घिमिरेले प्रदेश १ मा कोरोना नियन्त्रण हुँदै गएको दाबी गरेका थिए। कोभिड १९ लाई नियन्त्रणमा राख्न सफल हुँदै गएको बताएका मन्त्री घिमिरेले प्रदेशवासीलाई चाँडै सुखद खबर दिन तयारी सरकारको रहेको बताए।
आइसोलेसन उपचार केन्द्रबाट डिस्चार्ज हुनेहरु गत जेठ २२ गतेदेखि २६ गतेसम्म भर्ना भएकाहरु रहेको पूर्वाञ्चल विश्वविद्यालय चिकित्साशास्त्र संकायका डीन डा।शैलेशमणी पोखरेलले जानकारी दिए। प्रदेश १ मा आज ४० जना डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको संख्या २ सय २४ पुगेको छ।





प्रतिक्रिया