दाङ । दाङमा बिहीबार ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणमा तुलसीपुरका २ र शान्तिनगरका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।
योसँगै शान्तिनगर गाउँपालिकामा संक्रमित भेटिएको यो पहिलो घटना हो । जिल्लाको दंगिशरण गाउँपालिकामा पनि संक्रमित भेटिएका छैनन् । तुलसीपुर उपमहानगरपालिका १५ को भिउडर माविको क्वारेन्टाईनमा रहेका ५६ जना मध्य एक जना ४७ बर्षिय पुरुष, तुलसीपुर १५ कै मावि कालाखोला क्वारेन्टाईनमा रहेका ४६ जना मध्य एक जना २४ बर्षिय पुरुषमा कोरोना पोजेटिभ देखिएको छ ।
त्यसैगरी, शान्तिनगर गाउँपालिकाको वडा नम्बर ३ स्थित जनकल्याण मावि बाघमारे क्वारेन्टाईनमा रहेका ९१ जना मध्य ४८ बर्षिय एक जना पुरुषमा कोरोना देखिएको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले जनाएको छ ।





प्रतिक्रिया