देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपालमा थप ६७१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७,८४८ पुग्यो

देशान्तर

काठमाडौं । नेपालमा थप ६७१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ६७१ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ६७१ जनामा संक्रमण देखिएको हो। आज थपिएका ६७१ सहित नेपालमा संक्रमितको संख्या ७ हजार ८ सय ४८ पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिए।

पछिल्लो २४ घण्टामा थप १९ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ११८६ पुगेको छ। कुल संक्रमितमध्ये २२ जनाको मृत्यु भएको छ। प्रवक्ता डा. गौतमका अनुसार हालसम्म देशका ७४ जिल्लामा संक्रमण देखिएको छ।