देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सुस्तमनस्थिति भएकी महिला बलात्कार गर्ने ६० वर्षीय पक्राउ

देशान्तर

हेटौंडा । गत जेठ २४ गते मकवानपुर हेटौंडा उपमहानगरपालिका–११ डाङडुंगेकी ३२ वर्षीया सुस्तमनस्थिति महिलालाई करणी गरी फरार रहेको आरोपमा हेटौंडा–११ नवलपुरका रामप्रसाद हुमागाईलाई प्रहरीले पक्राउ गरेको छ ।  ६० वर्षीय हुमागाईलाई मकवानपुर प्रहरीले हेटौँडा–११ बाटै नियन्त्रणमा लिएको हो।

हुमागाईले ती महिलालाई ललाइ फकाई प्रलोभनमा पारी जबरजस्ती करणी गरेको उजुरीको आधारमा पक्राउ गरेको मकवानपुर प्रहरीले जनाएको छ। उनलाई अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ ।