देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राष्ट्रपति भण्डारीद्वारा संविधान संशेधन विद्येयक प्रमाणिकरण, निशान छापमा नयाँ नक्सा

देशान्तर

काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको ‘(दोस्रो संशोधन) विधेयक २०७७’ लाई प्रमाणिकरण गरेकी छन् । विहीबार राष्ट्रपति भण्डारीले संविधानको धारा २७४ को उपधारा( १०) बमोजिम लिम्पियाधुरासहितको क्षेत्र समेटिएको नयाँ निशान छाप राख्न गरिएको संविधान संशोधन विधेयक प्रमाणिकरण गरेकी हुन् ।

योसँगै नेपालको संविधानमा लिम्पियाधुरासहितको क्षेत्र समेटिएको नयाँ निशान छाप कायम भएको छ ।  विहीबार मात्र नक्सासम्बन्धी संविधान संशोधन विधेयक राष्ट्रिय सभाबाट पनि सर्वसम्मतिले पारित गरेको थियो । त्यसपछि राष्ट्रिय सभाले उक्त विधेयक पारित भएको सूचना प्रतिनिधिसभा जानकारी गराएको थियो ।

प्रतिनिधिसभाले राष्ट्रियसभाबाट पनि विधेयक पारित भएको सन्देश सुनाएर प्रतिनिधिसभाले विधेयक सभामुख सापकोटाबाट प्रमाणित गराएर प्रमाणिकरणका लागि राष्ट्रपतिसमक्ष पठाएको थियो । उक्त विधेयक प्रतिनिधिसभाबाट जेठ ३१ गते पारित भएको थियो । सरकारले गत जेठ ७ गते लिम्पियाधुरासहितको क्षेत्र समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको थियो ।