देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

धितोपत्रसम्बन्धी पहिलो संशोधन विधेयक २०७६ संसदमा पेश

देशान्तर

काठमाडौँ । प्रतिनिधिसभाको आजको वैठकले ‘धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक २०७६’ लाई दफाबार छलफलका लागि संसदीय समितिमा पठाएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले उक्त विधेयक दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए।

बैठकमा “सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०७७” पेश भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट अर्थ एंव सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले उक्त विधेयक पेश गरेका हुन् ।

त्यसअघि सांसदद्वय राजेन्द्रकुमार केसी र प्रेम सुवालले प्रस्तुत गरेको विरोधको सूचनालाई बहुमतले अस्वीकृत गरेको थियो । त्यसैगरी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले “निकासी पैठारी (नियमन) विधेयक, २०७६” र “प्रतिस्पर्धा प्रवद्र्धन तथा बजार संरक्षण (पहिलो संशोधन) विधेयक, २०७६” पेश गरे।

त्यसअघि सांसद प्रेम सुवालले प्रस्तुत गर्नुभएको विरोधको सूचनालाई बहुमतले अस्वीकृत गरेको थियो ।

सन्देश टेबुल

प्रतिनिधिसभामा उत्पत्ति भएको“ विरुवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७५” र “बीउविजन पहिलो (दोस्रो संशोधन) विधेयक, २०७५” र राष्ट्रियसभामा उत्पत्ति भएको भएको “नीति अनुष्ठान प्रतिष्ठान विधेयक, २०७६” का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिएको छ ।

त्यस्तै प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले प्रतिनिधिसभामा उत्पत्ति भएको “नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७” राष्ट्रियसभाबाट पारित भएको सन्देशको जानकारी गराए।

प्रतिवेदन पेश

प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री डा शिवमाया तुम्बाहाम्फेले “महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७५÷०७६” पेश गरे । राज्यव्यवस्था तथा सुशासन समितिका सभापति शशि श्रेष्ठले “सङ्घ, प्रदेश र स्थानीय तह ९अन्तरसम्बन्ध व्यवस्थापन० विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७७” पेश गरे ।

बैठकमा विकास तथा प्रविधि समितिका सभापति कल्याणीकुमारी खड्काले “खानेपानी तथा सरसफाइ विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७७” पेश गरे । प्रतिनिधिसभाको अर्को बैठक यही असार ९ गते दिउँसो १ बजे बस्नेछ ।