देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना पुष्टि, सङ्क्रमितको सङ्ख्या ३४८ पुग्यो

देशान्तर

गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । शुक्रबार बाग्लुङ, कास्की, स्याङजा र नवलपरासी सुस्ता पूर्वका २४ जना थपिएका हुन् ।

बाग्लुङमा २ महिलासहित १४ जना, कास्कीमा दुई महिलासहित ६ जना, स्याङ्जा र नवलपरासी सुस्ता पूर्वका दुईरदुई जनामा सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक एव‌ प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोद विन्दु शर्माले जानकारी दिए।

गण्डकी प्रदेशमा सङ्क्रमितमध्ये ३४ जना निको भएर घर फर्किएका छन् भने एक जनाको भने ज्यान गएको छ । योसँगै गण्डकीमा सङ्क्रमितको सङ्ख्या तीन सय ४८ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।