देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पर्वत अस्पतालका ५ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, आकस्मिक बाहेकका सेवा बन्द

देशान्तर

काठमाडौं । पर्वत अस्पतालका पाँच जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्यकर्मी नै संक्रमित भएपछि अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द गरिएको छ ।

काठमाडौंको टेकुस्थित राष्ट्रिय प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा पर्वत अस्पताका पाँच स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। शिशिर देवकोटाले जानकारी दिए ।

पाँच जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि अस्पतालको इमर्जेन्सी बाहेकका अरु सेवाहरु अनिश्चितकालका लागि बन्द गरिएको डा। देवकोटाले बताए । देवकोटाका अनुसार संक्रमण पुष्टि हुनेमा २ जना चिकित्सक, एकजना स्टाफ नर्स, एकजना ल्याब असिस्टेन्ट र एकजना कार्यालय सहयोगी छन् ।

स्वास्थ्यकर्मीकै रिपोर्ट पोजेटिभ आएपछि अहिले आकस्मिक बाहेकका सेवा बन्द गर्ने निर्णय गरिएको अस्पतालले विज्ञप्तिमार्फत् जानकारी गराएको छ। अस्पतालको आइसोलेसनमा हाल ३० जना कोरोना संक्रमित उपचाररत छन् । ती संक्रमित सबै भारतबाट आएका डा। देवकोटाले जानकारी दिए ।