देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एकैदिन ५८ संक्रमित भेटिएपछि डडेल्धुराको गन्यापधुरा गाउँपालिका सिल

देशान्तर

डडेल्धुरा  .  डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा कोरोना भाइरस कोभिड १९ संक्रमितको संख्या बढेपछि सिल गरिएको छ। बिहीबारदेखि असार १२ गतेसम्म गाउँपालिका सिल गरिएको हो।

बिहीबार एकैदिन गन्यापधुरा गाउँपालिकामा मात्रै ५८ जनामा कोरोनाको संक्रमण फेला परेपछि गाउँपालिका सिल गरिएको गन्यापधुरा गाउँपालिकाका अध्यक्ष नवलबहादुर मल्लले जानकारी दिए। गाउँपालिकामा बिहीबार मात्रै ५८ जना कोरोना पोजिटिभको रिपोर्ट आएको थियो।

योसँग गन्यापधुरामा कोरोना संक्रमितको संख्या ६३ पुगेको छ। यसअघि पाँचजना कोरोना संक्रमण पुष्टि भएको थियो। ती पाँचजना १४ दिन अस्पतालको बसाइपछि घर फर्किसकेका छन्।

उनीहरूमा कुनै पनि कोरोनाको लक्षण नदेखिएपछि घर पठाइएको हो। जिल्लामा अहिलेसम्म कोरोना पोजेटिभ आएकामध्ये आधा गन्यापधुरा गाउँपालिकाकै रहेका कारण सतर्कता अपनाउन गाउँपालिका सिल गरिएको अध्यक्ष मल्लले बताए।