काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपा र चिनियाँ कम्युनिष्ट पार्टी सीपीसी बीच भिडियो कन्फरेन्सबाटै छलफल हुने भएको छ। पार्टी र देश कसरी सञ्चालनबारे नेकपा र सीपीसीबीच छलफल हुन लागेको हो।
सत्तारूढ नेकपा र सिपिसीबीचको उच्च पदाधिकारीबीचको बैठक शुक्रबार ४ बजेबाट सुरू हुने नेकपा प्रमुख सचेतक देव गुरुङले जानकारी दिए। भिडियो कन्फ्रेन्समा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेललगायत पार्टीका उच्च पदस्थ पदाधिकारी सहभागी हुने उनले जनाए।
विश्वभर फैलिरहेको कोरोना भाइरसको रोकथाम तथा न्यूनीकरणसहित सरकार र पार्टी सञ्चालनसम्बन्धी समसामयिक विषयमा छलफल हुने उनले जानकारी दिए।





प्रतिक्रिया