देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

लगातारको वर्षाले सन्धिखर्क गोरूसिंगे सडक अवरुद्ध

देशान्तर

बुटवल। तीन दिनदेखि परेको लगातारको वर्षाले सन्धिखर्क–गोरूसिंगे सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि बुटवलबाट सन्धिखर्क जाने र बुटवल , कपिलबस्तु आउने सवारी रोकिएका छन् ।

शितगंगा नगरपालिकाको शितापुर आसपासमा सडक अवरूद्व भएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताए ।लगातार वर्षा भईरहेकाले पहिरो हटाउने काम चलेपनि तत्कालका लागि यात्रा नगर्न प्रजिअ पौडेलले आग्रह गरे । लगातारको वर्षाले अर्घाखाँचीको जनजीवन कष्टकर बनेको छ ।

खोलाहरू बाढेका छन, जोखिम ठाउँमा स्थानीयहरू सचेत हुनुपर्ने हुन्छ । लगातारको पानी कारण अर्घाखाँची अन्य ग्रामिण सडक पनि अवरुद्ध बनेका छन् ।