देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

रौतहटमा एसीसहितको सुविधासम्पन्न आइसोलेशन कक्ष निर्माण

देशान्तर

रौतहट । रौतहटमा सुविधासम्पन्न आइसोलेशन कक्षको निर्माण गरिएको छ । चन्द्रपुर नगरपालिका–२ स्थित शहिद स्मृति पार्कमा ४० बेडको सुविधासम्पन्न आइसोलेसन कक्षको निर्माण गरिएको हो ।

चार खण्ड सहितको कक्षमा सात वटा एसी र छुटाछुट्टै शौचालयको व्यवस्था छ । रौतहटमा कोरोना भाइरसको संक्रमित संख्या बढदै जान थालेपछि चन्द्रपुर, वृन्दावन, गुजरा र गडिमाई नगरपालिकाको संयुक्त लगानीमा सुविधा सम्पन्न आइसोलेसन कक्षको निर्माण गरिएको हो । चन्द्रपुर नगरपालिकाको २५ लाख, वृन्दावन, गुजरा र गडिमाई नगरपालिकाको १५÷१५ लाखको लागतमा ४० बेडको आईसोलेसन निर्माण गरीएको हो ।

रौतहटमा १ हजार ९४ जना कोरोना संक्रमित छन् । पिसिआर परीक्षणबाट कोरोना पुष्टि भएका संक्रमितलाई डाक्टरको प्रत्यक्ष निगरानीमा उपचार गर्न आइसोलेन कक्ष निर्माण गरिएको हो ।