देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कर्णाली प्रदेशमा सल्यानका ६ सहित थप ११ जनामा संक्रमण पुष्टि

देशान्तर

काठमाडौं, कर्णाली प्रदेशमा आइतबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

योसँगै सो प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार २ सय ५६ पुगेको छ। कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार आइतबार पुष्टि हुने संक्रमितमध्ये ६ जना सल्यान जिल्लाको बनगाड कुपिन्डे नगरपालिकाका पुरुष हुन्।

तीमध्ये बनगाड कुपिन्डे २, ३, ५ र ६ वडाका एक–एक जना र सो नगरपालिकाको वडा नम्बर ४ का दुई जना छन्। त्यसैगरी सुर्खेत भेरीगंगा नगरपालिका ७ र ८ का एक–एक जना पुरुष, दैलेख महावु गाउँपालिका १ का एक पुरुष र एक महिला र रुकुम पश्चिम मुसिकोट नगरपालिका १२ का एक पुरुष छन्।