काठमाडौं, पोखरा महानगरपालिकाका १ जनासहित गण्डकी प्रदेशमा थप १९ जना कोरोना संक्रमित थपिएका छन्।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा . विनोदबिन्दु शर्माले आज दिउँसो एक विज्ञप्ति प्रकाशित गर्दै थप १९ जना संक्रमित भएको बताएका छन्। जसमा पोखरा महानगरपालिकाका १ सहित कास्कीका २ जना, स्याङ्जाका १० जना, बागलुङका ५ जना, तनहुँका १ जना र नवलपसारी पूर्वका १ जना रहेका छन्।
संक्रमितहरु सबै भारतबाट आएका र अहिले सम्बन्धित जिल्लाका क्वारेन्टिनमा रहेको डा। शर्माले जानकारी दिए। संक्रमितहरु सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसन वार्डमा लैजाने् तयारी भइरहेको उनले जानकारी दिए।
यसअघि आइतबार ९आजै० बिहान गण्डकी प्रदेशमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ५२३ पुगेको छ।





प्रतिक्रिया