नेपालमा थप २० जनाका कोरोना संक्रमण देखिएको छ ।
संक्रमितमा २ जना महिला र १८ जना पुरुष छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गर्दै प्रदेशका २ जिल्लाहरु स्याङजा र नवलपरासी पूर्वमा थप संक्रमण देखिएको जनाएको हो ।
निर्देशनालयका अनुसार स्याङजामा १२ जना तथा नवलपरासी पूर्वमा ८ जनामा संक्रमण देखिएको हो ।
उनीहरु भारतबाट फर्किएका र सबै सम्बन्धित जिल्लाको क्वारेन्टिनमा रहेको निर्देशनालयले जनाएको छ । उनीहरु सबैलाई सम्बन्धित जिल्लामा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ । योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ५४० पुगेको छ ।।





प्रतिक्रिया