देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

थप ५३५ जनामा काेराेना संक्रमण पुष्टि, संक्रमितको संख्या ९५६१ पुग्यो

देशान्तर

काठमाडौ । पछिल्लो २४ घण्टामा देशका विभिन्‍न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ५ सय ३५ जना संक्रमित थपिएका छन्। यससँगै कुल संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो जानकारी दिएको हो ।

आइतबार थपिएका नयाँ संक्रमितहरुमा ७४ जना महिला र ४ सय ६१ जना पुरुष रहेका छन्। मन्त्रालयले जनाएअनुसार आइतबारसम्म देशभरका ७६ जिल्लामा संक्रमण फैलिएको छ। पछिल्लो २४ घण्टामा कसैको मृत्यु भने भएको छैन।