काठमाण्डौ – कुवेतबाट १६० जना नेपाली काठमाण्डौ आइपुगेका छन् ।
कुवेतमा आममाफीमा सहभागी नेपालीलाई कुवेत सरकारले नै जजिरा एअरमार्फत निःशुल्क काठमाण्डौसम्म ल्याइदिएको हो । आममाफीमा सहभागी भएका झण्डै तीन हजार जनालाई कुवेत सरकारले दिनहुँ एक उडानमार्फत काठमाण्डौसम्म निःशुल्क ल्याइदिइरहेको छ । आममाफीमा सहभागीलाई कुवेत सरकारले नै खान र बस्नको व्यवस्था गरिरहेको छ ।
यस्तै कतारको दोहाबाट पनि १४५ जना नेपाली आज स्वदेश फर्किएका छन् । कतारमा कोरोनाको कारण विभिन्न समस्यामा परेकामध्ये दूतावासले प्राथमिकताको आधारमा १४५ जनालाई दोस्रो उडानमार्फत आज स्वदेश फर्काएको हो ।
हिमालय एअरलाइन्सको चार्टर्ड उडानमार्फत आज बिहानै नेपालीहरु स्वदेश आइपुगको छन् । दूतावासका अनुसार फर्कनेमा ६१ जना महिला र ८४ जना पुरुष रहेका छन् ।





प्रतिक्रिया