देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

स्थायी समितिबारे छलफल गर्न नेकपाका दुईअध्यक्षबीच भेटवार्ता

देशान्तर

काठमाडौं । बुधबार हुने भनिएको पार्टीको स्थायी समिति बैठकको एजेण्डा तय गर्नेबारे छलफल गर्न नेकपाका दुई अध्यक्षबीच भेटवार्ता गरेका छन्।

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार छलफल भइरहेको हो। बुधबारका लागि स्थायी समिति बैठक डाकेपनि एजेण्डा तय भएको छैन। यसअघि दुईपटक स्थायी समिति बैठक बोलाएर बस्दैनबसी स्थगित भएको हुँदा यसपटक पनि हुन्छ हुँदैन भन्ने टुंगो नभएको पार्टी नेताहरुले बताएका छन्।

प्रधानमन्त्री ओलीले स्थायी समितिको बैठक टार्न खोजेको नेताहरुले आरोप लगाउँदै आएका बेला दुई अध्यक्षबीच छलफल भएको हो। बुधबारको बैठक भने जसरी पनि राख्नुपर्ने भन्दै नेताहरुले दबाब दिएका छन्। बैशाखको सुरुमा २० जना स्थायी समिति सदस्यले लिखित रुपमै बैठक माग गरेपछि बैशाख २४ गतेका लागि बोलाइएको थियो।

त्यसपछि वैशाख ३१ गतेका लागि तोकिएको बैठक पनि बस्न सकेको थिएन।